बालेनद्धारा प्राधिकरणको सम्पत्ति कर १० दिनभित्र बुझाउन घिसिङलाई अल्टिमेटम

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १० दिनभित्र नेपाल विद्युत प्राधिकरणको सम्पत्ति कर बुझाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  अल्टिमेटम दिएका छन् । 

अनधिकृत संरचना भत्काउनेदेखि कर नतिर्नेहरुमाथि कडाई गर्दै आएका मेयर शाहले मंगलबार प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् । महानगरपालिकाका विभागीय प्रमुखमार्फत् पत्र काट्र्दै उनले सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएका छन् । 

Advertisement

प्राधिकरणबाहेकका संस्थाहरुमा खाद्य कम्पनी, हाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाल जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरवि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, सिविक हस्पिटल, डेन्टल कलेज छन् । उनीहरुले सम्पत्ति करसँगै जरिवाना पनि बुझाउनुपर्नेछ । 

Advertisement

Advertisement