विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवाका पाइलटहरु निलम्बित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दलका सदस्य (पाइलट)हरुलाई निलम्बन गरेको छ । 

गत साउन १२ गते क्वालालम्पुरबाट काठमाडौंको उडानमा रहेको निगमको उडान संख्या आरए–४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यवसायिक कार्य तथा दुर्व्यहार गरेको पीडितहरुले आरोप लगाएका थिए । 

Advertisement

उक्त घट्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले आरेपी पाइलटहरुलाई आवश्यक कारवाही गर्ने क्रममा तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको जानकारी दिएको छ । 

Advertisement

Advertisement