अनिल शाहको सहकारीहरुलाई सुझाव– कर्मचारीलाई सीप सिकाउनु, प्रविधिमैत्री बनाउनु, गाली नगर्नु

Advertisement

काठमाडौं । बैंकर अनिल शाहले सहकारी संस्थाहरुको संस्थागत विकासका लागि आफ्ना जनशक्तिलाई प्रविधिमैत्रीसँगै सीप सिकाउन सुझाव दिएका छन् । राजधानीमा जारी सहकारी सम्मेलनमा उनले संस्थाको विकासका लागि जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताए । 

‘विश्वमा बदलिँदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै शाहले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउन जरुरी रहेको बताए । 

Advertisement

संस्थाको जति ठूलो ब्राण्ड भए पनि जनशक्ति सीपयुक्त र क्षमतावान भएन भने संस्थाले राम्रो सफलता हासिल गर्न नसक्ने उनको भनाई छ । शाहले भने, ‘संस्थाको मुल स्रोत भनेको जनशक्ति हो । जनशक्तिमा लगानी गर्नपछि हट्नु हुँदैन । कर्मचारीलाई गाली गरेर संस्थाको विकास हुँदैन । टीमलाई मोटिभेट गर्यो भने प्रतिफल निस्कन्छ । त्यसतर्फ ध्यान दिनु पर्छ ।’ 

उनले विश्वमा सुचना प्रविधिमा भइरहेको परिवर्तनलाई बुझेर र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । आजको संसार अवसर र प्रतिस्पर्धाको भएको बताउँदै शाहले सीप विकास, नेटवर्क विस्तार र सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने बताए । 

Advertisement

Advertisement