गलत काम गर्ने सहकारीहरुलाई कारबाही गरौंः अध्यक्ष कँडेल

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गलत काम गर्ने सहकारीहरुलाई कारबाहीको  दायरामा ल्याउनु पर्ने बताएका छन्  । 

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आज राजधानीमा आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सहकारी क्षेत्रका ऐन कानून प्रभावकारी कार्यान्वयन भएमा समस्या नआउने उनले उल्लेख गरे । 

Advertisement

सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले पहिला बचतकर्ताको रकम फिर्ता गराएर घरजग्गामा लगानी गर्ने सहकारीलाई कारवाही गर्ने बताए । यसो भएमा सहकारीहरुमा आएको  समस्या सुधार हुँदै जाने उनको भनाई थियो । अहिलेको समयमा सहकारीहरुले  सबै रकम फिर्ता गर्ने सक्ने  अवस्था नरहेको उनले बताए ।  

त्यसैगरी पूर्वसचिव गोपीनाथ मैनालीले सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नबस्दा समस्या  बढेको बताए । उनले सहकारी क्षेत्र सबै क्षेत्रसँग जोडिने, संविधानले बढी प्राथमिकता दिएको क्षेत्र भएको बताए । बैंकजस्तो बन्न खोज्दा सहकारी अभियान समस्या पर्दै गएको उनले बताए । 

राजनीतिक छाता ओढेका, सञ्चालक र व्यवस्थापक एकै व्यक्ति  भएका सहरकारीमा समस्या देखिएको उनको भनाई छ । 

Advertisement

Advertisement