राशिफलः आज (मंसिर ११) तपाइँको शेयर कारोबार, पेशा, व्यवसाय कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको ११ गते सोमबार, कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि । आज चतुर्मास व्रत समाप्ति । आज निम्बार्काचार्य जयन्ती तथा गुरुनानक जयन्ती पनि रहेको छ ।

मेष 
प्रेममा सफलता मिल्ने छ । दाम्पत्य  जीवनमा पनि मधुरता बढ्ने छ । व्यक्तित्व सुन्दर खालको रहने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ भने आम्दानीमा पनि सन्तोषजनक बृद्धि देखा पर्ने छ । घमण्डिपनामा भने नियन्त्रणको प्रयास गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

Advertisement

वृष 
कठोर शैलीको क्रम देखा पर्ने छ । झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । व्यक्तित्वको ओजका कारण विजय भने प्राप्त हुने छ । पेशागत जीवन अनुकुल रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । सामाजिक काममा दान दिन मन लाग्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

मिथुन 
मनमा निराशाका क्रमहरु देखा पर्ने छन् । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईबाट गुज्रनु पर्ने छ । आथिक असन्तुलनको अवस्था आउने छ । मान प्रतिष्ठामा क्षय हुन् छ । मनमा अस्थिरताका क्रम निरन्तर रहँदा उदासिनताले सताउने छ । परिवारमा किचलो रहने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कर्कट
आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । सापटि दिएको पैसा उठ्न कठिन हुने छ । सरसापट दिने बारेमा सोच विचार अपनाउँदा ठिक हुने छ । पेशा तथा व्यावसायमा श्रमिक समस्याबाट जुध्नु पर्ने छ । पेशागत जीवनमा संघर्षरत रहनु पर्ने छ । आम्दानीमा ठिक्क महत्वाकांक्षा राख्नु नै वाञ्छनीय रहने छ । मनमा दृढताको अभाव हुने छ । शेयर बजार औसत रहने छ ।

सिंह
समाजलाई मद्दत गनृे सामाजिक खालको स्वाभाव हुने छ । अरुले भनेका साना कुराले पनि मनमा चोट पु¥याउने छ । परिवारका सम्बन्धहरुमा सुधारका संकेत देखा पर्ने छन् । पेशागत जीवन र आम्दानीमा सन्तुलन कायम हुने छ । बादबिबादबाट टाढा रहनु होला । शेयर बजारमा लाभ मिल्ने छ ।

कन्या
असल खालको व्यक्तित्व हुने छ । बाणिमा प्रभावकारीपनाका कारण अरुले ध्यानाकर्षण सृजना गर्न सकिने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । तर खर्च पनि असाध्यै धेरै हुने हुँदा आर्थिक असन्तुलन भने बृद्धि हुने छ । पेशागत जीवनमा सन्तुलन बिग्रने छ । शेयर बजारमा नोक्सानी हुने छ ।

तुला 
परिवारमा मधुरता र मिलन छाउने छ । दाम्पत्य जीवनमा पनि मधुरता कायम रहने छ । पेशागत जीवन अनुकुल नै रहने छ । आर्थिक पक्ष धेरै बलियो नभए पनि जोखिमयुक्त पनि हुने छैन् । भावनात्मक सोचाईले गर्दा अलि अव्यावहारिक जस्तो लाग्ने छ । यात्रामा समस्या आउने छ । शेयर बजारबाट झिनो फाइदा मिल्ने छ ।

वृश्चिक
मनमा चञ्चलताका कारण अधैर्यता आउने छ । पेशागत जीवनमा पनि केही उतार चढावको अवस्था आउने छ । कमाई घट्ने छ भने आम्दानीका स्रोतहरु घट्न जाने छ । दाम्पत्य जीवनमा भने मधुरता कायम रहँदा जीवनसाथिको साथ मिल्ने छ । सामाजिक जीवनमा सम्मानको कमि हुने छ । शेयर बजार अनुकूल बन्ने छैन् ।

धनु 
लज्जालु खालको व्यक्तित्व हुने छ । आवश्यक विषय र अवस्थामा आफ्ना विचार अभिव्यक्त गर्न पनि असजिलो अनुभव लाग्ने छ । अन्तरमुखी स्वाभावका कारण आफ्ना कुरा राख्न नसक्ने व्यक्तित्व हुने छ । पेशागत जीवन सामान्य खालको रहने छ । आम्दानी पनि औसत रहने छ । बोली अलि रुखो खालको हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

मकर 
बढि बोल्ने बानीले नोक्सानी हुन जाने छ । यात्रारत रहनु पर्ने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आर्थिक कदर र सम्मानहरु पाइने छ । भाग्यको साथ कम रहेकाले आँटेका कामहरु पुरा हुन अलि बढि मेहनत गर्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कुम्भ 
रङ्ग रमाइलोमा झुम्ने तथा रम्ने स्वाभाव हुने छ । नाच्न तथा गाउन अग्रसर हुन मन लाग्ने छ । नशालु पदार्थका कारण झैझगडा हुने जोखिम रहेकाले सतर्क रहनु होला । परिवारमा असमझदारीहरु देखिने छ । पेशागत जीवनमा आशा गरे जस्तो प्रस्तुति हुन सक्ने छै्न् । शेयर बजार सकारात्मक हुन सक्ने छैन् ।

मीन
धर्म–कर्ममा तिब्रता आउने छ । अरुले कदर गर्ने छन् तर आफ्नै परिवारका सदस्यहरुले भने आलोचना गरिरहने छन् । भाग्यको बलियो साथ रहेकाले जित आफ्नै हुने छ । पेशागत जीवनमा भने संयमित रहनु होला । आम्दानी औसत खालको रहने छ । जोखिमपूर्ण भन्दा निरन्तरतालाई ध्यान दिँदा जोखिमबाट बच्न सकिने छ । शेयर बजार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement