यस्तो छ एनसेलले प्राधिकरणलाई पठाएको पत्र

Advertisement

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले शेयर खरीद बिक्रीसम्वन्धी सम्पूर्ण कागजाज संकलन गरी त्यसको स्वीकृतिका लागि पेश गर्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको पाइएको छ । 

बुधबार संसदको लेखा समितिबाट बाहिर आएको पत्रमा आफूहरु कानुनी शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएको दावी गर्दै उनले प्राधिकरणको पत्रको प्रतिउत्तरमा जवाफ पठाएको हो । 

Advertisement

पत्रमा उसले दूरसञ्चारसम्वन्धी नियम कानुनअनुसार नै प्राधिकरणमा शेयर खरीद बिक्रीको स्वीकृतिका लागि कागजाज पेश गर्ने बताएको छ । एनसेल आजियटा लिमिटेडमा रेनोल्ण्ड होल्डिङ लिमिटेडमार्फत गरिएको लगानी बेलायतको स्पेक्ट्रोलाइन यूके नामक कम्पनीलाई करिव साढे छ करोड रुपियाँमा बिक्री गरेको विज्ञप्ति एनसेल र आजियटा लिमिटेडले सार्वजनिक गरेपछि यो निकै ठूलो चर्चा र चासोको विषय बनेको छ । 

null

Advertisement

Advertisement