काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।
रिजाल निलम्बनमा परेपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन ज्वारचनलाई डाइरेक्टरमा नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
यद्यपि, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उनको नियुक्तिको स्वीकृति लिन भने बाँकी छ ।