प्रभु महालक्ष्मीको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ । 

कम्पनीबाट जारी भएका बीमालेख वैशाख ३१ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ । समुन्नति जीवन बीमा योजनामा यो छुट लागू नहुने कम्पनीले जनाएको छ । 

Advertisement

साथै, यस योजनामा समावेश भएर नवीकरण भएका बीमालेख नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छुट कट्टा गरिने, पहिले नै छुट सुविधा प्राप्त गरेकालाई यो योजना लागू नहुने र यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीको भनाइ छ । 

Advertisement

Advertisement