ढकाल र जोशी एआईजीमा बढुवा, सरकारको नीति तथा कार्यक्रम जेठ १ मा

Advertisement

काठमाडौं । सरकारले प्रहरी नायव महानिरीक्षकहरु भीम ढकाल र उमेश जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र जोशीलाई एआईजीमा बढुवा गरी पदस्थापना गरेको हो । सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् । 

Advertisement

सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रश्तुत गर्ने निर्णय गरेको पनि उनले बताइन् । शर्माले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय भएको पनि बताइन् । 

सरकारले  समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने, भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement