राशिफलः आज (वैशाख २८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल वैशाख महिनाको २८ गते शुक्रबार, वैशाख शुक्लपक्षको तृतीया तिथि । आज अक्षय तृतीया तथा परशुराम जयन्ती । आज सर्वत, जौको सातु खाने र खुवाउने प्रचलन रहेको छ । साथै आज शिवपार्वती विवाह महोत्सव ।

मेष 
रसिक स्वाभावले गर्दा महत्वपूर्ण कामहरुमा कम मन जाने छ । पेशागत जीवनमा उचित मुल्यांकन हुने छैन् । यात्राको अवसर प्राप्त हुने छ । रिस कडा हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला । मनमा दुविधाका क्रमले गर्दा निर्णय क्षमतामा ह्रास ल्याउने छ । पेशा, ब्यावसाय तथा कार्यालय सम्बन्धि विषयमा धैर्य भएर अघि बढ्नु होला ।

Advertisement

वृष 
लक्ष्यअनुसारका कामहरु अघि बढ्न कठिन देखिन्छ । जसले गर्दा कार्यक्षमतामा असर पु¥याउने छ । पेशागत जीवन अस्थिर हुने छ । व्यवसायमा पनि सोचे जस्तो उन्नतिका क्रम देखा पर्ने छैन् । आम्दानी भन्दा खर्च बढ्न जाने भएकाले आर्थिक सन्तुलन कायम राख्न दबाब उत्पन्न हुने छ । प्रतिष्पर्धात्मक क्षमता कायम रहँदा कठिन क्षणमा पनि विचलित नहुने स्वाभाव हुने छ ।

मिथुन 
मेहनतबाट उच्च प्रतिफल प्राप्त हुने छ । मनमा दृढता आउने छ । भाग्यको बलियो साथ रहेका कारण सफलताहरु प्राप्त हुने छन् । सन्तानका गतिबिधीबाट भने मनमा पिरलो उत्पन्न हुने छ, अपजस आउने छ । पेशागत क्षेत्र सन्तुलित रहने छ । तर खर्च धेरै हुने हुँदा आम्दानी बढाउनु पर्ने दबाब परिवारमा सृजना हुने छ । साझेदारीमा गरिएका काममा विवाद देखा पर्ने छ ।

कर्कट
थप जिम्मेबारी निभाउने अवसर प्राप्त हुने छ । पेशागत जीवनमा सकारात्मक सुधारमा तिब्रता आउने छ । ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने छ । सामाजिक जीवनमा कदर मिल्ने छ । आर्थिक आम्दानीमा सोचे जस्तो बृद्धि हुँदा मनमा आनन्द लाग्ने छ । बोली प्रभावकारी बन्ने छ ।

सिंह
चतुरतामा बृद्धि हुने छ । मित्रहरुको साथले धेरै सहयोग पुग्ने छ । भाग्य बलियो भएकाले आँटेका कुरा पुरा हुने छन् । परिवारमा केही किचलो भने देखिए पनि व्यवस्थापन हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुनेछ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।

कन्या
स्वास्थ्यमा समस्या आउने छ । खर्च धेरै बढ्न पुग्ने छ भने आम्दानीमा गिरावट देखा पर्ने छ । बोलीको प्रभावकारीता कमजोर बन्ने हुँदा बन्न खोजेका कामहरु पनि बिग्रने छन् । पेशागत जीवनमा उतारचढावको अवस्थाबाट गुज्रनु पर्ने छ । समय अनुकुल नदेखिएकाले संयमित रहनु नै उत्तम हुने छ ।

तुला 
नयाँ उत्साह र उमङ्ग आउने छ । तर झैझगडाका वातावरणबाट बच्ने प्रयास भने गर्नु पर्ने छ । पेशागत क्षेत्रमा अरुको विश्वास आर्जन जीत्न सकिने छ । प्रतिष्पर्धात्मक क्षमता कायम हुँदा मनोबल उच्च रहने छ । परिवारमा मिलन हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्था आउने छ । कम बोल्नु बान्छनीय हुने छ ।

वृश्चिक
नयाँ विषयमा प्रशिक्षित हुने अवसर मिल्ने छ । व्यापार विजनेशमा फाइदा मिल्ने छ । स्वास्थ्यसम्बन्धी समस्याले भने च्याप्ने छ । साझेदारीमा गरिएको काममा साझेदारहरुका बीच थप विश्वास उत्पन्न हुने छ । परिवारका सदस्यहरुका बीचमा सहयोगी भावना आउने छ तर छिमेकीहरुसँग द्वन्द चर्किने छ ।

धनु 
भावनात्मक सोचका लहर आउने छन् । परिवारमा मिलनको वातावरण हुने र एकले अर्काेलाई सहयोग गर्ने सोचाईमा तिब्रता आउने छ । आम्दानीमा बृद्धि हुने हुँदा उत्साह र उमङ्ग आउने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने छ । पेशागत जीवन सन्तुलित हुने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई लाभ मिल्ने छ ।

मकर 
भाग्य बलियो रहेको छ । आफुले खेलेको भुमिकाको समाजबाट उच्च कदर प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर खर्च बढ्न जाँदा बचत भने हुने छैन् । पेशागत जीवन सकारात्मक दिशामा गतिशिल रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा बृद्धि हुनेछ । 

कुम्भ 
रोकिएका कामहरुमा प्रगति देखिने छ । पेशागत जीवनमा उन्नति तथा पदोन्नति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने विवाद निम्तिने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा झैझगडाको वातावरण देखिन जाने र त्यसले तनाव पैदा हुने छ । 

मीन
पुराना मित्रहरुको साथ मिल्ने छ । पेशागत जीवनमा उन्नति प्रगतिका अवसर प्राप्त हुने छ । आफु भन्दा माथिल्ला नेतृत्वको विश्वास प्राप्त हुने भएकाले आफुले निभाएको जिम्मेबारीको मुल्यांकन हुने छ । चलाख व्यक्तित्व बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । साथिभाईका कारण कारण आँट र भरोसा आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement