नयाँ एनसेल सेन्टर वीरगञ्जमा

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वीरगञ्जको घन्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरे । यो सेन्टरबाट ग्राहकहरुले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ । 

Advertisement

यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरीद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।  

नयाँ सेन्टरको उद्घाटनको अवसरमा यस सेन्टरबाट रु १०० र यो भन्दा बढि ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनि गरिएको एनसेलले जानकारी दिएको छ । आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । 

यस अघि एनसेलले माइस्थान वीरगञ्जमा रहेको आफ्नो पूरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement