सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बरले बढ्यो, जीवन बीमा कोषमा कति ?

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मुनाफा दोब्बर भएको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३० करोड ४८ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९२.९४ प्रतिशतले बढी हो । 

Advertisement

तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब २७ करोड रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २६ करोड १९ लाख रुपियाँ खर्चिएको छ भने ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा १२ करोड ६९ लाख रुपियाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपियाँ रहेको छ । त्यस्तै, गत आवको असार मसान्तको तुलनामा चैत्र मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको छ ।

चालू आवको चैत मसान्तसम्म ४३ करोड ३१ लाख रुपियाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपियाँ खर्चिएको थियो । 

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९.७१ रुपियाँ र प्रतिशेयर नेटवर्थ १२६.९९ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement