स्वदेशमा निर्मित एटिएस ब्राण्डको विश्वस्तरीय टाइल बजारमा आयो

Advertisement

काठमाडौं । पशुपति सेरामिक्स् प्रा.लि.ले आफ्नो उत्पादन एटिएस टाइल्स्को परीक्षण बिक्रीबितरण सुरु गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र रहेको उत्पादन केन्द्रले आफ्नो उत्पादन बजारमा ल्याएको हो । 

निर्माणलगायत अन्य सम्पूर्ण पूर्बतयारीको काम सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको जनाएको छ । नेपालमा पहिलो बहुर्राष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चर (संयुक्त लगानी)को रुपमा स्थापित यस कम्पनीले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ । 

Advertisement

पशुपतिले सुरुवाती चरणमा भुईँको लागि ४००x४०० मिमिको पार्किङ टाइल र ६००x६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको छ भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३००x४५० को वाल टाइल र ६००x१२०० को जीभीटी र पीजीभीटी टाइल उत्पादन गर्ने जनाएको छ । 

कम्पनीले यी सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार बर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको छ । 

कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयार भन्छन्, ‘अन्तर्राष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुर्राष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीमा ल्याउन पाउँदा खुशी लागेको छ ।’ उनी थप्छन्, ‘यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तर्राष्ट्रियस्तरको ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।’

साथै, रौनियारले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे । उनले भने, ‘उसोत अन्तर्राष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा बार्षिकरुपमा नेपालबाट बाहिरिरहेको करिब २० अर्ब रुपियाँ देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु बिदेशमा निर्यात हुँदा राष्ट्रको बिदेशी मुद्रा आर्जनमा बृद्धि हुने र रोजगारी सिर्जनामार्फत राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’ 

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्गमिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ । 

‘टाइल्स् फर यभ्री यज’ ट्यागलाइनसहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ भने सोचअनुसारको डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमतायुक्त पशुपति सेरामिक्सले नेपाललाई छिट्टै भविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ । 

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement