महाअभियोग प्रस्ताव फिर्तासहित एमालेका मागहरु पूरा भएपछि आजैबाट संसद खुल्ने

Advertisement

काठमाडौंः व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको मागहरु वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो ।

बैठकमा सहभागी एमालेका नेता माधव नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारु हुने बताए । उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत थिए ।

Advertisement

Advertisement

Advertisement