अदालतले रोक लगाएपछि झ्यालबाट छिरेर बीरगञ्ज र विराटनगरलाई महानगर घोषणा

Advertisement

काठमाडौंः सरकारले तराईका दुईवटा सहर वीरगन्ज र विराटनगरलाई महानगर घोषणा गरिछाडेको छ । गत जेठ ८ गते सरकारले यी दुई उपहानगरहरुलाई महानगर घोषणा गरे पनि सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको थियो ।

ढोकाबाट छिर्न नमिलेपछि झ्यालबाट छिरेर सरकारले यी दुई सहरलाई पुनः महानगर घोषणा गरेको हो । स्थानीय तह पुनः संरचना आयोगले कायम गरेको सीमामा फेरबदल नगरिकन महानगर बनाइएको हो । यसअघि अदालतले निर्वाचनको बीचमा सीमा हेरफेर र संख्या थप गर्न नमिल्ने भन्दै सरकारको निर्णयमा रोक लगाएको थियो ।

यसअघि सरकारले अन्य गाउँपालिका समेत गाभेर महानगर घोषणा गरेकोमा अहिले सीमामा कुनै थपघट गरिएको छैन । यो निर्णयले महानगर हुन सरकारले तोकेको जनसंख्या र मापदण्डसमेत पुग्ने देखिन्न । सरकारी पक्षले भने स्थानीय जनताको तीब्र माग र दलहरुको समेत सुझावलाई ध्यानमा राखी यो निर्णय गरिएको जनाएको छ ।

यसलाई आवश्यक अन्य पूर्वाधार क्रमसः थप्दैै जाने जनाइएको छ । मन्त्रिपरिषद बैठकमा बीरगञ्ज र विराटनगरलाई महानगर बनाउने प्रस्ताव नआइपुगे पनि पछि निर्णय पुस्तिकमा थप गरी निर्णय गराइएको सरकारी स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement