एनवी इन्स्युरेन्सको २७ लाख लिलामी हकप्रद शेयर भर्न आजबाट खुला

Advertisement

काठमाडौं: एनवी इन्स्युरेन्सको २७ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्दा विक्री नभएको बाँकी २८ हजार ५८० कित्ता सर्वसाधारण समुहको शेयरको बुधबारबाट लिलामी खुला गरिएको छ ।

लगानीकर्ताले उक्त शेयर न्यूनतम मूल्य सय रुपियाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ। इन्स्युरेन्सका अनुसार यसको आवेदन दिने अन्तिम म्याद भदौ २२ गतेसम्म रहेको छ ।

लिलामी विक्रीका लागि राख्नु पुर्व एनबीले असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयर आवेदनका खुला गरेको थियो ।

लिलामी शेयर आवेदकले जमलस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा पुगी आवेदन फारम बुझाउनु पर्नेछ । हाल एनबीको प्रतिसेयर आम्दानी ३७ रुपियाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपियाँ ५१ पैसा छ ।

लिलामी विक्रीको बोलपत्र भदौ २२ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेडमै सार्वजनिक गरिनेछ । हाल एनवीको चुक्ता पूँजी २७ करोड रुपियाँ रहेको छ । लिलामी बिक्रीपछि भने कम्पनीको चुक्ता पूँजी ५४ करोड पुग्ने बताइएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा एनबीले १० करोड ९ लाख ६६ हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement