सलमानले खेल्न लागेको ‘रेस ३’ मा अमिताभ बच्चन खेल्न मानेनन्

Advertisement

मुम्बईः बलिउड सुपर स्टार अभिनेता अमिताभ बच्चनले स्टार सलमान खानको नयाँ चलचित्र ‘रेस ३’ काम नगर्ने भएका छन् । फिल्म निर्देशक रेमो डिसुजाले दिएको डेटमा आफूले समय दिन नभ्याउने भन्दै बच्चनले बहाना बनाएका हुन ।

फिल्मको छायाँकन सुरु भएपछि बच्चनले खेलिरहेको चलचित्रका कारण आफूले समय निकाल्न सकेको भन्दै सलमान अभिनित चलचित्र रेस ३ बाट मुक्त हुन उपाय खोजेका हुन । यस चलचित्रमा सलमानको समेत लगानी रहेको छ ।

सैफ अली खानको फिल्म ‘रेस’ को तेस्रो संस्करण रेस ३ नायिका ज्याकलिन मुख्य भूमिकामा देखिने छिन् । बच्चन ‘झुण्ड’ नामक चलचित्रको छायांकनका कारण समय निकाल्न नसकेको भन्दै रेस ३ मा समय दिन नसकेको बताएका हुन ।

Advertisement

Advertisement

Advertisement