कन्काई विकास बैंकको हकप्रद शेयर लिलामी विक्री खुला

Advertisement

काठमाडौँ: कन्काई विकास बैंकको मंगलबारदेखि ५ लाख ४९ हजार ९३७ कित्ता हकप्रद शेयर लिलामीका लागि विक्री खुला गरिएको छ ।

बैंकले संस्थापक समूहको ३ लाख ८१ हजार ६५० कित्ता र सर्वसाधारण समूहको १ लाख ६८ हजार २८७ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम सय रुपियाँ वा सो भन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक १० गते तोकिएको छ । हाल बैंकको शेयर बजार मूल्य २१८ रुपियाँ छ ।

कन्काईले गत साउन ९ देखि भदौ ११ गतेसम्म ३२ लाख १० हजार कित्ता २१४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा नबिकेको शेयर अहिले लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं तथा कन्काई विकास बैंकको दमक–६ झापामा पुग्ने गरी बोलपत्र फारम बुझाउनुपर्नेछ ।

बोलपत्र कात्तिक १२ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ । हाल कन्काईको चुक्ता पुँजी १५ करोड रुपियाँ छ । लिलामी बिक्रीपछि बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement