नेपाल र जोर्डनबीच श्रम सम्झौता: तलव २५० देखी ३०० डलरसम्म

Advertisement

काठमाडौं: नेपाल र जोर्डनबीच बुधवार द्विपक्षीय श्रम सम्झौताको भएको छ । योसँगै १२ वर्षपछि नेपालले कुनै मुलुकसँग श्रम सम्झौता गरेको छ ।
सम्झौतामा श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनको राजधानी अम्मानमा विशेष समारोहकाबीच हस्ताक्षर गरेका छन् ।

यो श्रम सम्झौतामा कामदारको तलब जनरल वर्करका लागि २५० डलर र घरेलुका लागि ३ सय डलर राखिएको श्रम मन्त्रालयले जनाएको छ।

नेपाली महिला कामदारको प्रमुख गन्तव्यमध्येमा पर्छ, जोर्डन । त्यहाँका गार्मेन्ट उद्योगमा नेपाली कामदारको माग उच्च छ । श्रम सम्झौतापछि त्यहाँ घरेलु महिला कामदार पनि जान पाउने भएका छन् ।

जोर्डनमा अहिले पनि ५ हजारभन्दा बढी नेपाली कामदार छन् । यहाँको कुटनीतिक समन्वयको काम इजरायलस्थित नेपाली दूतावासले गर्ने गरेको छ ।

फ्री भिसा-टिकट र २३ घण्टे बीमा ग्यारेन्टी

जोर्डनसँग भएको श्रम सम्झौतामा कामदारको आउने जाने टिकट र भिसावापतको शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने उल्लेख छ । यसले सरकारले लिएको फ्री भिसा र टिकटमा कामदार विदेश पठाउने नीति कार्यान्वयन गर्न सहज हुने विश्वास मन्त्रालयको छ । यस्तै, करार अवधिभर कामदारलाई २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा उपलब्ध गराउने विषय पनि सम्झौतामा छ ।

Advertisement

Advertisement