केसीएल अस्ट्युट क्यापिटल लिमिटेड अब गरिमा क्यापिटल लिमिटेड, नम्बर वान बन्ने योजना

Advertisement

काठमाडौं । केसीएल अस्ट्युट क्यापिटल लिमिटेडको नामबाट मर्चेन्ट बैंकिङको काम गर्दै आएको कम्पनी अब गरिमा क्यापिटल लिमिटेड भएको छ । गरिमा विकास बैंकले ५१.२० शेयर स्वामित्व खरीद गरेसँगै कम्पनीको नामम पनि परिवर्तन भएको हो । 

नयाँ कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दियो । बैंक र केसीएलबीच गत असार ४ गते नै खरीद खरीद बिक्रीसम्वन्धी समझदारी भएको थियो । नयाँ कम्पनीमा गरिमा विकास बैंकका तर्फबाट तीन जना सञ्चालक रहेका छन् भने पूराना केसीएल अस्ट्युट क्यापिटल लिमिटेडबाट दुई जना सञ्चालक रहेका छन् । 

Advertisement

नयाँ कम्पनीका अध्यक्ष दीपक पाण्डेयले आफूहरु मर्चेन्ट बैंकिङमा नम्बर वान हुने गरी अघि बढ्ने योजनामा रहेको बताए । उनले लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खातासम्वन्धी) सेवा प्रदान गर्दै आएकोमा अब निष्काशन तथा बिक्री प्रवन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श तथा सामुहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्डलगायतका फण्डहरुको व्यवस्थापन सेवा प्रदान गर्ने बताए । 

उनले  गरिमा विकास बैंकको देशभर १२० शाखा रहेकाले पनि आफूहरुले सेवा विस्तार गर्न सहज हुने आशा व्यक्त गरे । पाण्डेयले आफूहरुको सेवालाई अझै परिस्कृत र ग्राहकमैत्री बनाउन नविन प्रविधिहरु प्रयोग गर्ने पनि बताए । 

Advertisement