किनेको बिजुली विद्युतीय सवारी साधनलाई बेच्दा प्राधिकरणलाई १५ गुणा नाफा हुन्छः घिसिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने जिकिर गरेका छन् । 

अघोषित लोडसेडिङका कारण विद्युतका उपभोक्ताहरु पीडित भइरहेको बेला मंगलवार नानसँगको कुराकानीमा उनले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भए पनि प्राधिकरणले शत प्रतिशत विद्युत ग्यारेन्टी गर्ने बताएका हुन् । 

Advertisement

घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने बताए । उनले प्राधिकरणले अहिले विद्युत निर्यात गरिरहेको देखाउँदै विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताए । 

प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने नीति लिएको उनको भनाई छ । घिसिङले निर्यात कम गरेर भए पनि विद्युतीय सवारी साधनलाई बिजुली दिने दावी गरे । उनले  विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हरेक वर्ष प्राधिकरणले एक हजार मेगावाट विद्युत थप गरिरहेको समेत बताए । 

उनले विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको बताए । घिसिङले भारतबाट विद्युत आयात गर्दा ४ रुपियाँमा आयात गर्ने बताए । यति ठूलो परिमाणमा प्राधिकरणलाई नाफा हुने तथ्यले नदेखिए पनि उनले भने १५ गुणा नाफा हुने बताएका हुन् । यति नाफा हुने भए पनि यति धेरै नाफा लिएर उपभोक्तालाई बिजुली बिक्री गर्नु गलत देखिन्छ । उनले अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने बताए । 

घिसिङले गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत मात्रै बाल्छु भन्न नहुने बताए । उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको बताए । 

घिसिङले शतप्रतिशत विद्युत सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न नसक्ने बताए । उनले सहज रुपमा सबैलाई विद्युत पुर्याउनको लागि ठूलो लगानी आवश्यक रहेको बताए । घिसिङले करिव ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउने अवस्था आउने बताए । 

Advertisement

Advertisement