बालकुमारी घटनासम्वन्धी यसअघिको छानविन प्रतिवेदन कार्यान्वयन नगरी अर्को समिति गठन

Advertisement

काठमाडौं । सरकारले बालकुमारी घटनामा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा र कानूनमन्त्रीसहितको अर्को समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यसअघिको छानविन आयोगको प्रतिवेदन कार्यान्वयन नगरी अर्को सिफारिस समिति बनाएको हो । 

यसअघिको आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई समेत बालकुमारी घटनामा दोषी औंल्याएको छ । आजको मन्त्रिपरिषद बैठकले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । 

Advertisement

उनले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी नयाँ समिति गठन गरेको बताइन् । 

शर्माकाअनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ ।

बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गर्ने, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने, जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement