इन्द्रेणीका कृष्ण कँडेलबिरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

Advertisement

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ । 

एक पीडित महिलाले कँडेलविरूद्ध आज मुद्दा दर्ता गरेकी हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी छिन् । 

Advertisement

उनी दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने छ । 

केही दिन अघि पीडित महिलाले कँडेलद्वारा आफूमाथि यौन दुर्व्यवहार भएको सार्वजनिक गरेकी थिइन् ।  

Advertisement

Advertisement