लिङ्देनको व्याङ्ग्य– अख्तियारको क्षमता नेता चोख्याउनसक्ने, कर्मचारी थुन्नसक्ने देखियो

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरुलाई चोख्याउनेसक्ने र कर्मचारीलाई थुन्नसक्ने हैसियतमा देखिएको भन्दै व्याङ्ग्य गरेका छन् । 

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा उनले ललिता निवासको सरकारी जग्गाका मुख्य दोषी पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईलगायतका नेता, न्यायाधीशहरुलाई मुद्दा दर्ता नगरेकोतर्फ औंल्याउँदै उनले सो व्याङ्ग्य गरेका हुन् । मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नहालेका कारण विशेष अदालतबाट तत्कालिन मन्त्रीहरुले समेत उन्मुक्ति पाउने अवस्था बनेको थियो । 

Advertisement

लिङ्देनले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताउँदै भने, ‘अख्तियार राजनीति क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुन्ने वा तह लगाउनसम्म सक्ने देखिएको छ । यसले के आतंक सिर्जना भएको छ भने अब काम गर्दा परिन्छ, नेता उम्किने कर्मचारी थुनिने भएपछि हामीले फाइल किन बढाउने ? भन्ने परेर झन् ठूलो नोक्सानी भएको छ ।’

राजनीतिक दलका नेतालाई कारबाही गर्न अख्तियारलाई केले कठिनाइ भएको छ ? भन्दै उनले ‘के सहयोग चाहियो ? के भएर अख्तियार बन्धक भएर बसेको छ ? भनी प्रश्न गरे । नेता लिङदेनले सामान्य आँखाले देख्दा पनि छोड्नै नमिल्ने विषयमा अख्तियारले राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिएको भन्दै अख्तियारको आलोचना गरे । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा पटक पटक भएको छलफल र निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइएको छ भनेर टिप्पणी उठाइएको छ । अख्तियारले सिफारिस गर्दा प्रधानमन्त्रीलाई छोएको छैन् । प्रधानमन्त्रीले सचिव र महानिर्देशकलाई बोलाएर दिएको निर्देशनलाई पनि नीतिगत निर्णय भनेर उन्मुक्ति दिएको लिङदेनले बताए । 

Advertisement

Advertisement