नयाँ अर्थमन्त्रीलाई शेयर बजारको सामान्य प्रतिक्रिया, नेप्से दोहोरो अंकले बढ्यो

Advertisement

काठमाडौं । नयाँ अर्थमन्त्रीलाई शेयर बजारले सामान्य प्रतिक्रिया दिएको छ । माओवादी केन्द्रबाट बर्षमान पुन अर्थमन्त्री नियुक्तिको पहिरो कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसुचक दोहोरो अंकले बढेको छ । 

उदारवादी अर्थनीति पक्षधर नेपाली कांग्रेसका अर्थमन्त्री हुँदासमेत सुधार हुन नसकेको शेयर बजार नयाँ अर्थमन्त्री नियुक्त भएपछि सुधार हुने आशा गरिएको थियो । तर अपेक्षा गरेअनुसार सुधार भने हुन सकेको छैन् । 

Advertisement

आज नेप्से १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ।

नेप्से बढेपनि कारोबार घटेको छ । अघिल्लो दिन करिब साढे ३ अर्बको शेयर खरिद बिक्री भएकोमा आज ३ अर्ब १९ करोड ९२ लाख रुपियाँ बराबरको कारोबार भयो । 

आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक धेरै ६.२१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर अगाडि छ । यो कम्पनीको ५६ करोड २० लाख रुपियाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । विभिन्न उपसुचकमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ को परिसूचक घटेको छ । 

Advertisement

Advertisement