सामसङ इलेक्ट्रोनिक्सले भित्र्यायो दुई स्मार्टफोन, मूल्य कति ?

Advertisement

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी दुई स्मार्टफोनहरू अनावरण गरेको छ । 

दुवै उपकरणहरूमा सामसुङ नोक्स भल्ट जस्ता उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बूस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरुप समायोजन हुने शानदार डिसप्ले छ । 

Advertisement

‘हामीले ग्यालेक्सी ए सिरिजमार्फत हाम्रा नवीनतम प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं, ताकि धेरैले यसको सुविधाहरूको आनन्द लिन सकुन् ।’, सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भने । 

ग्यालेक्सी ए३५ फाइभजीको  मूल्य रु. ४६,९९९ र रु. ५१,९९९ तथा ग्यालेक्सी ए५५ फाइभजीको बजार मूल्य रु. ६२,९९९ र ६७,९९९ निर्धारण गरिएको छ । 

Advertisement

Advertisement