लगानी सम्मेलनमा जलविद्युतको चर्चा धेरै भएकाले यो क्षेत्रमा धेरै लगानी आउनसक्छः कार्की

Advertisement

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताएका छन् । 

आइतबारबाट सुरु भएको लगानी सम्मेलनमा उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिँदै लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युतको बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको बताए । 

Advertisement

जलविद्युतमा सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउन सके जलविद्युतमा लगानी आउने वातावरण देखिएको कार्कीको भनाई छ । उनले सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराए २८ हजार मेगावट विद्युत उत्पादनमा सहज हुने बताए । 

कार्कीले भने, ‘लगानी सम्मेलनमाको सुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण रहेको देखिएको छ । अब नेपालमा लगानी गर्नुपर्छ भन्ने अवस्था देखिएको छ । लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युत भनेका छन् । नेपालका जलविद्युतको स्कोप छ त्यसको लागि सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउने हो भने जलविद्युतमा लगानी आउने रहेछ भन्ने अवस्था देखिएको छ । सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराएर लैजाने हो भने २८ हजार मेगावट उत्पादनमा सहज हुन्छ ।सरकारले सम्मेलन सकिएपछि तयारीमा जुट्न आवश्यक छ ।’
 

Advertisement

Advertisement