अभिनेत्री सुरक्षा पन्तद्वारा नयाँ सिजी चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

Advertisement

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी ई.ओ.एल. प्रा. लि.ले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेका छन् ।

उक्त कार्यक्रममा सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनावरण गरिएको छ । एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध यी चिम्नी उच्च सक्सन पावर, अटो क्लिन टेक्नोलोजी र मोशन सेन्सर जस्ता विशेषता रहेका छन् । यी चिम्नीहरुको मूल्य २६ हजार ५९० र २५ हजार ७९०, २९ हजार १९० रहेका छन् । तीनवटै मोडलहरूको मोटरमा ५ वर्षको वारेन्टी पनि छ । कुल २२ हजार ३९० पर्ने अर्को एक मोडलमा भने दुई बर्षको वारेन्टी छ । 

Advertisement

विद्युतीय सामग्रीमा, पाँच घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ जस्ता विशेषता भएको नौ वाट इमर्जेन्सी बल्ब पहिलो पटक अनावरण गरिएको छ । यसमा १२ महिनाको वारेन्टी छ भने निःशुल्क होल्डरको साथ आउँछ । बजारमा पाइने बल्बहरुको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट रहेको कम्पनीको भनाई छ । यसको मूल्य रु. ७५० रहेको छ ।
 

Advertisement

Advertisement