श्री एयरलाइन्सका दुईवटा नयाँ जहाज सोमबार नेपाल आइपुग्ने

Advertisement

काठमाडौं । निजी क्षेत्रको हवाई सेवाप्रदायक श्री एयरलाइन्सले खरिद गरेका दुईवटा नयाँ विमान सोमबार नेपाल आइपुग्ने भएका छन् । एयरलाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले क्यानडाको गुज बे विमानस्थलबाट उडान भरेर नेपाल ल्याउँदैछ ।

श्री एयरलाइन्सले हवाई सेवा विस्तार गर्ने योजनाका साथ ड्यास एट मोडलको टर्बोप्रप विमान अमेरिकी हवाई सेवाप्रदायक होराइजन एयरबाट उत्पादन संकेत नम्बर ४५३२ र ४३५५ को दुईवटा विमान श्री एयरलाइन्सले खरिद गरेको हो ।

Advertisement

नागरिक उड्ययन प्राधिकरणका अनुसार श्री एयरले भित्र्याउन लागेको दुईवटा जहाजलाई क्रमशः  ‘नाइनएन एओके र ‘नाइएन–एओएल’ संकेत चिन्ह प्रदान गरिएको छ ।

श्री एयरलाइन्ससँग एआई हेलिकप्टरसहित हाल आठवटा जहाज छन् । तीमध्ये चारवटा जेट, चार बम्बार्डियर र छवटा एयरबसका एमआई–८ सेग्मेन्टका हेलिकोप्टर छन् । 

Advertisement

Advertisement