लक्ष्मी सनराइज बैंकका दुई शाखा स्थानान्तरण, अब कहाँबाट सेवा लिन सकिन्छ ?

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना दुई शाखा स्थानान्तरण गर्ने भएको छ । 

हालको काठमाडौं महनगरपालिका–३, नारायण गोपालचोकस्थित रहेको साविक सनराइज बैंकको शाखा यही वैशाख १२ गतेदेखि सूर्यविनायक नगरपालिका–२, भक्तपुरमा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । 

Advertisement

सम्बन्धित शाखाबाट दिँदै आएको सेवा हालको भाटभटेनी सुपरमार्केट महारागन्जमा रहेको साविक लक्ष्मी बैंकको शाखाबाट प्रदान गरिने बैंकले जनाएको छ । यो सेवा यही ११ गतेदेखि सुरु हुनेछ । 

त्यसैगरी, बैंकले अर्को शाखा कामनपा–३२, पेप्सीकोला (साविक लक्ष्मी बैंक लिमिटेड) पनि वैशाख १२ गतेदेखि मध्यपुर थिमि नगरपालिका–८, भक्तपुर, बोडेमा स्थानान्तरण गर्न लागेको हो । सो शाखाबाट प्रदान गरिँदै आएको सेवा हालको स्थानबाट ३०० मिटर पूर्व–उत्तर सनराइज चोकनजिक रहेको लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक लिमिटेड) बाट दिइने बैंकले जनाएको छ । 

Advertisement

Advertisement