नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । 

बिहीवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)ले आयोजना गरेको तेस्रो एकाउन्टेन्ट सम्मेलनमा उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । 

Advertisement

नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको अधिकारीको भनाई छ । उनले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमश घट्दै गएको उल्लेख गरे । 

गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए । उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । 

अधिकारीले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश घट्ने क्रममा रहेको बताए । उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए । 

अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।  कोरोना महामारीको संकट र रुस युक्रेन युद्वकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ । उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरु बलियो रुपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण बाह्य क्षेत्र सुधार, सबल वित्तीय क्षेत्र, मूल्यवृद्धि स्थिर छ ।’

उनले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी  बनाउन मद्दत पुग्ने बताए । अधिकारीले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको बताए । 

Advertisement

Advertisement