सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी जुत्ता लगाउनुपर्ने व्यवस्था गर्न उद्योगीहरुको माग

Advertisement

काठमाडौं । जुत्ता चप्पल उत्पादक उद्योगीहरुले नेपाली जुत्ता चप्पलको बजारीकरण र निर्यातका लागि सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् । 

बिहीवार उनीहरुले जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भर रहेको भन्दै विदेश निर्यातको लागि सरकारले उचित वातावरण बनाउन आवश्यक रहेको बताए । नेपाली जुत्ता चप्पल उद्योगीहरुका लागि कच्चा पदार्थ, बजारीकरण, निर्यातका लागि गुणस्तरका विषयमा समस्या रहेको व्यवसायीको भनाई छ । 

Advertisement

सरकारले नेपाली उत्पादनको प्रोत्साहन र प्रवद्र्धन गरी निर्यातको लागि सहजीकरण गर्नुपर्ने भन्दै बजारीकरणको लागि सरकारी कर्मचारीहरुले प्रयोग गर्ने जुत्ता स्वदेशी हुनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने बताए । 

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपाने नेपाली उत्पादन जुत्ता बिक्री वितरण, उत्पादन गर्ने दक्ष जनशक्ति, नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरीय छ भनेर चिनाउने काममा सरकारले सहयोग गर्नुपर्ने बताए । 

उनले सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने र व्यवसायीको आत्मवल उच्च हुने भन्दै सरकारले सहज वातावरण बनाउँदा मात्रै उत्पादन वृद्धि हुने अवस्था रहेको बताए । न्यौपानेले एशोसियसनले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाउन लागेको बताए । 

उनले सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनु पर्ने नीति नियम ल्याउन आवश्यक रहेको बताए । 

एशोसिएशनका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले नेपालमा बार्षिक नौ करोड फुटवयेरको माग रहेको तर नेपाली उद्योगको उत्पादन पूर्वाधार १६ करोड रहेको बताए । सरकारी नीति र बजारीकरणको समस्याको कारण उत्पादन क्षमता भन्दा ६० प्रतिशत मात्रै उत्पादन भइरहेको उनले बताए । बन्जाडेले अहिले छ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको बताए । 

उनले सरकारले निर्यातको दायरा बनाउनको लागि प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । बन्जाडेले  १५ सय उद्योगबाट उत्पादन भएका वस्तुहरु धेरै निर्यात गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि साँघुरिएर बस्न बाध्य रहेको बताए । बजार हिसा कभर गर्ने वातावरणको लागि सरकारले नेपाली उत्पादनको प्रवद्र्धन गर्न उनले माग गरे । 

Advertisement