दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । 

यसैक्रममा सूर्यज्योतिले शेयरधनीहरुलाई १०.२६ प्रतिशत बोनस लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५७.७४ कायम गरिएको छ । यसअघि रु. ५०४.७० थियो । 

Advertisement

त्यस्तै प्रभु इन्स्योरेन्सले शेयरधनीरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७३७.४७ कायम गरिएको छ । यसअघि रु. ७७२.५० थियो । 

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।   
 

Advertisement