त्रिभुवन विमानस्थलमा एक किलो अवैध सुन बरामद

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुन एक किलो अवैध सुन बरामद भएको छ । नयाँ दिल्लीबाट आएको एयर इन्डिगोमा उक्त सुन फेला परेको हो । 

विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार विशेष सुराकीका आधारमा जहाजको सिटमा एक किलो सुन बरामद गर्न सक्किएको हो । विमानस्थलमा जहाज अवतरण भएपछि प्रहरीको टोलीले चेकजाँच गरेर सो सुन बरामद गरेको थियो । 

Advertisement

प्रहरी देखेपछि सुन लिएर आउने भरिया सुन छोडेर भाग्न सफल भएका थिए । प्रहरीले उक्त व्यक्तिको खोजी भइरहेको जनाएको छ । 

Advertisement