कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशतले बढ्दा ब्याज आम्दानी भने घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कामना सेवा विकास बैंकको खुद नाफा ८.४० प्रतिशत बढेको छ । गत आवको चैत मसान्तसम्म ३० करोड ५६ लाख रुपियाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिसम्ममा ३३ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

तर, खुद ब्याज आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ४५ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपियाँ आम्दानी गरेको थियो ।

Advertisement

त्यस्तै, खुद फी तथा कमिशन आम्दानी २०.५८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशत बढेको वित्तिय विवरणमा उल्लेख छ ।

खुद ब्याज आम्दानी घटे पनि बैंकको निष्क्रिय कर्जा बढे पनि इम्पेरमेन्ट चार्ज घट्दा कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५० पैसा बढेर १३.४७  रुपियाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात २६.५१ गुणा र प्रतिशेयर नेटवर्थ १५५.३४, प्रतिशेयर आम्दानी ११.६८ रुपियाँ रहेको छ । 

३ अर्ब २८ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपियाँ सञ्चित छ । साथै, समीक्षा अवधिमा बैंकले ५७ अर्ब २७ करोड रुपियाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । 

Advertisement