काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ ।
कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा काठमाडौंसहित, विराटनगर, इटहरी, वीरगन्ज, जनकपुर, पोखरा, दमौली, बुटवल, कोहलपुर, सुर्खेतलगायतका स्थानका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र निर्जीवन बीमा क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।
त्यसैगरी, मार्केटिङ डिपार्टमेन्टका लागि सम्बन्धित विषयमा प्लस टूदेखि ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । निर्जीवन बीमा क्षेत्रको अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मा आवेदन दिन सक्नेछन् । आवेदन वैशाख २५ गतेसम्म दिन सकिन्छ ।
पारिश्रमिक र सुविधा कम्पनीको नियमानुसार हुने बताइएको छ ।