कतारका राजालाई नेपालमा भव्य स्वागत, ‘भीभीआईपी’हरु स्वागत गर्न सबै विमानस्थलमा

Advertisement

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।

नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहितका भीभीआईपी र मन्त्रीहरुको जम्बो टोली थानीलाई स्वागत गर्न विानस्थल पुगेका थिए । 

Advertisement

दुईदिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आएका उनी ३ः४२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । 

कतार नेपालको ठूला श्रम गन्तव्य मुलुक मात्रै नभएर सहयोगदाता मुलुक पनि हो । राजा थानीलाई नेपाल भ्रमणको क्रममा सरकारले कतारलाई हात्तीको जोडी उपहार दिने तयारी गरेको छ । यसै अवसरमा कतारसँग श्रमसम्वन्धी नयाँ सम्झौता हुने तयारी समेत भएको छ । 

Advertisement