सामान्य घट्यो स्वावलम्बन लघुवित्तको नाफा, ईपीएस कति ?

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य घटेको छ । 

लघुवित्तले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा खुद नाफा सामान्य घटेको देखिएको छ । 

Advertisement

समीक्षा अवधिमा लघुवित्तले ११ करोड ८६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.३५ प्रतिशत कम हो । गत आवको सोही अवधिमा लघुवित्तले १२ करोड २ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले घटेको छ । त्यस्तै, खुद फी तथा कमिसन आम्दानी ६.३५ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.२८ प्रतिशत र सञ्चालन मुनाफा १.६५ प्रतिशतले घटेको छ।

चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ५७ लाख रुपियाँ छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी १०.६४ रुपियाँ छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको आम्दानी ३.५२ रुपियाँले घटेर १०.९१ रुपियाँ कायम भएको छ । साथै, लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.१ गुणा र प्रतिशेयर नेटवर्थ २१९ रुपियाँ रहेको छ ।

Advertisement