सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ? कुनमा महंगो ?

Advertisement

काठमाडौं । सबै वाणिज्य बैंकको आधार दर (बेस रेट) एकल अंकमा आएको छ । बाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत पुससम्म तीन बाणिज्य बैंकको आधारदर दोहोरो अंकमा थियो । गत आवको चैत मसान्तसम्म भने १५ बैंकको आधारदर दोहोरो अंकमा थियो । अहिले सबै बैंकको आधार दर एकल अंकमा आएको तथ्यांकले पुष्टी गरेको छ । 

Advertisement

योसँगै बैंकहरुले प्रवाह गर्ने कर्जाको व्याजदर पनि सस्तो हुनेछ । बैंकहरुले आधार दरमा सामान्यत पाँच प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको व्याजदर निर्धारण गर्दै आएका छन् । त्यो अवस्थामा आधार दर कम हुँदा व्याजदर पनि कम हुने गर्छ ।

कोरोना महामारीलगत्तै देखिएको लगानीयोग्य पुँजीको अभावका कारण बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । निक्षेपको ब्याजदर बढाउँदा आधार दर बढेर कर्जाको ब्याजदर समेत बढेको थियो । 
अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । 

तर, कर्जाको माग भने न्यून छ । त्यसपछि बैंकहरुले निक्षेपको व्याजदर घटाउँदै आएका छन् । त्यसपछि आधारदर कम हुँदै गएको हो । अब बैंकबाट सस्तो व्याजदरमा ऋण पाउन सकिने जानकारहरु बताउँछन् ।

निक्षेपको (कोष) लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशतको आधारमा बेसरेट गणना गरिन्छ । बैंकहरुले हरेक महिना आधार दर गणना गर्नुपर्ने नीतिगत व्यवस्था छ । 

सामान्यत कम आधारदर कम भएको बैंकबाट सस्तोमा कर्जा पाउन सकिन्छ । चैत मसान्तसम्म आउँदा स्टान्र्डड चार्टर्ड बैंकको आधार दर सबै भन्दा कम अर्थात् ६.५३ प्रतिशत मात्रै छ । त्यो अनुसार अन्य बैंकको तुलनामा स्टाण्डर्ड चार्टर्ड बैंकबाट सस्तो ब्याजदरमा कर्जा पाउन सकिने देखिन्छ । 

दोस्रो नम्बरमा भने राष्ट्रिय बाणिज्य बैंक रहेको छ । उक्त बैंकको आधार दर ७.३१ प्रतिशत मात्रै छ । तेस्रो स्थानमा रहेको नेपाल बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ । सबैभन्दा बढी आधार दर भने हिमालयन बैंकमा देखिएको छ । उक्त बैंकको आधार दर ९.८४ प्रतिशत रहेको छ । 

त्योअनुसार अन्य बैंकको तुलनामा त्यो बैंकको कर्जा महंगो हुन सक्नेछ । यद्यपि, बैंकहरुले विभिन्न स्किम तथा छुट अफर लिएर सस्तो ब्याजदरमा कर्जा दिन सक्नेछन् ।  

कुन बैंकको कति बेस रेट ? 


undefined

Advertisement