बाह्र बर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य महत्वाकांक्षी होइन्ः मन्त्री बस्नेत

Advertisement

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् । 

बिहीवार उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पोको उद्घाटन कार्यक्रममा उनले अहिले नेपालसँग करिव ३२ सयभन्दा बढी मेगावाट उत्पादन क्षमता रहेको रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए । 

Advertisement

बस्नेतले आगामी १२ वर्ष भित्रमा २८ हजार सात सय मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत विकासको रोडम्याप र एक्शन प्लान तयार पारेको पनि बताए । उनले वन क्षेत्र, जग्गा प्राप्तिका सवालहरु कायम रहेको भन्दै नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको बताए । 

बस्नेतले सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानूनीहरुको नीतिगत सुधारका काम अघि बढाएको बताए । उनले यसले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे । नेपालको आर्थिक समृद्धिको निम्ति जलश्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण रहेको बस्नेतको भनाई छ । 

उनले भने, ‘हामीले यो भन्नैपर्छ जलश्रोतको यो सम्भावनाको प्रचुरता जे जस्तो छ, त्यसको यथोचित सदुपयोग गर्न हामीले सकिरहेका छैनौँ । आजका दिनसम्म आइपुग्दा हामीसँग करिव ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको छ । यहाँसम्म आइपुग्दा यही आर्थिक वर्ष भित्रमा अरु दुई, तीन सय मेगावाट हामी थप गर्दछौँ । हामीले आगामी १२ वर्ष भित्रमा २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको एउटा विद्युत विकासको रोडम्याप र एक्शन प्लान तयार गरेका छौँ । आगामी १२ वर्षभित्रमा २८ हजार सात सय झट्ट हेर्दा महत्वकाँक्षी देखिन्छ । तर हामीले यसको तथ्यमा आधारित रहेर समग्र पक्षको विश्लेषण गरेर नै यो तयार गरेका छौँ ।’ 

बस्नेतले थपे, ‘हामीसँग वन क्षेत्र उपलब्ध गर्ने सवालहरु छन्, जग्गा प्राप्तिका सवालहरु छन्, कानूनी समस्याहरु छन्, नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानूनीहरुको नीतिगत सुधारका काम अघि बढाएका छौँ । यसले लगानीमैत्री वातावरण निर्माण गर्नेछ । नेपालको आर्थिक समृद्धिको निम्ति जलश्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण छ । यो भाइब्रेण्ट र प्रोटेन्सियल क्षेत्रलाई थप प्रज्वलित गर्नका लागि र क्रियाशील सबै अभियन्ताहरुलाई उत्साहित गर्न राष्ट्रपतिज्युको उपस्थिति झनै महत्वपूर्ण हुनेछ । यहाँ लगानीमैत्री वातावरण छ र हुन्छ ।’
 

Advertisement