घटेरै बन्द भयो शेयर बजार: नेप्से १९६५.९३ अंकमा, २ अर्ब ३६ करोडको कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज पनि शेयर बजार ओरालो झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२४ अंकले घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से १९६५.९३ अंकमा झरेको छ । 

Advertisement

आज वित्त, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनीमा हरियाली छाउँदा बाँकी समूह राताम्मे भएका छन् । 

३०३ कम्पनीका ६३ लाख १२ हनार ५ सय ५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५ सय ९४.१२ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभनदा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

त्यस्तै सबैको लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड २६ लाख ४६ हजार ८ सय १७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार १२.२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ, सोमबार १५.४१ अंकले बजार घट्दा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ रुपियाँ र हिजो बुधबार ०.१५ अंकले मात्रै बजार बढ्दा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८.५० रुपियाँ बराबरको कारोबार भएको थियो । गत मंगलबार भने सरकारले कतारका राजाको भ्रमणका अवसरमा सार्वजनिक बिदा दिए पछि शेयर बजार बन्द थियो । 

Advertisement