छ लाख कित्ता शेयर बिक्री गर्दै कुमारी बैंक, क-कसले खरिद गर्न पाउँछन् ?

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यो शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । 

इच्छुक संस्थापकहरूले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा गैरसंस्थापक व्यक्तिका लागि शेयर बिक्री प्रक्रिया थालिने बैंकले जनाएको छ ।

Advertisement