दोस्रो ट्वान्टी–२० अन्तर्गत आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्दै नेपाल

Advertisement

काठमाडौं । दोस्रो ट्वान्टी–२० खेलमा नेपाल आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्दै छ । 

यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको नेपालले आज पनि सोही लयलाई पक्रने कोसिसमा हुनेछ ।

Advertisement

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ । 

ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । 

आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने तालिका छ ।

Advertisement