प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक शेयरधनद्वय विराटकुमार श्रेष्ठका नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यो शेयर खरिदका लागि हाल संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले आजका मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको ३५ दिनभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थाहरूलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Advertisement