सन्दीप लामिछानेको मुद्दाको पेसी आज, जिल्ला अदालतको फैसला सदर भएमा जेल जाने

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आजका लागि पेसी तोकिएको छ ।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो । सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

Advertisement

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेमा सन्दीप जेल जानेछन् । साथै, उनले सर्वोच्चमा पुनरावेदन गर्दा पनि थुनामा बसेरै गर्नुपर्नेछ ।

Advertisement