नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस दिने

Advertisement

काठमाडौंः नागरिक लगानी कोषको शुक्रबार सम्पन्न २१औ बार्षिक साधारणसभाले २१ दशमलव ८५ प्रतिशत बोनस दिने प्रस्तावलाई पारित गरेको छ । साथै कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांशलाई पनि सभाले अनुमोदन गरेको छ ।

कोषले गएको आर्थिक बर्षमा ४८ करोड ६८ लाख ९७ हजार रुपियाँ आम्दानी गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिशत बढि हो । आम्दानीमा कुल खर्च, कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपियाँ रहेको छ ।

सभाले कोषमा नयाँ सञ्चालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र वित्तीय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेशकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित संचालकको अवधि ५ बर्षको हुने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement