आज चन्द्रग्रहण, झण्डै दुई घण्टाको ग्रहण नेपालबाट पनि देख्न सकिने

Advertisement

काठमाडौंः श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ ।

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ । तिथीअनुसार आज नै जनैपूर्णिमा पर्ने भए पनि ग्रहणको कारण देखाउँदै समितिले यसअघि नाग पञ्चमीको दिनमा जनैपूर्णिमा मनाइएको छ ।

Advertisement

Advertisement

Advertisement