अञ्चल अनुसार इम्बोस्ड नम्बर प्लेट परिवर्तन गर्ने सरकारी योजना विफल

Advertisement

काठमाडौंः मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा अञ्चलको नाममा निर्माण र वितरण सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट परिवर्तन गर्ने सरकारी योजना अन्तत: असफल भएको छ । चौतर्फी दबाब र आलोचनापछि इम्बोस्ड नम्बर प्लेटको उत्पादन अनिश्चितकालका लागि रोकिएको हो ।

देश संघीयतामा गइसकेको कारण अञ्चलको नाममा नम्बर प्लेट उत्पादन नगर्ने निर्णय भएको भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए।

व्यवस्थापिका संसदको विकास समितिको बैठकमा बोल्दै मन्त्री बलायरले हाल प्रदेशको नम्बर अनुसार उत्पादन गर्ने नामाकरणपछि नामअनुसार उत्पादन गरिने उनले बताए। त्यसको लागि ठेकेदार कम्पनी पनि सहमत भएको बलायरको भनाइ छ।

सुरू भए पनि धेरै उत्पादन नभएकोले यसलाई परिवर्तन गर्न कुनै गाह्रो नभएको उनको भनाई छ। त्यसका लागि नियमावली संशोधन गर्नुपर्ने भएकोले सो प्रक्रिया पूरा नभएसम्म तत्काल नम्बर प्लेट उत्पादन स्थगन गरिएको बलायरले जानकारी दिए।

साउन ९ गतेदेखि बागमतीबाट सुरू भएको इम्बोस्ड नम्बर प्लेट यातायात व्व्यवस्था विभागका आठ वटा गाडीमा मात्र जडान भएको छ। बाँकी ७५ वटा गाडीले नम्बरका लागि आवेदन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement