चौथो दैलेख युथ कप खेल महोत्सव हुने, पहिलो हुने टिमलाई एक लाख पुरस्कार

Advertisement

काठमाडौंः आउँदो असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख यूथ कप खेल महोत्सव खुल्ला प्रतियोगित हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा दैलेख यूथ क्लबले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री राजन केसीले गर्नेछन् । विगत तीन बर्षदेखि महोत्सव गरिँदै आएको छ । क्लवका अध्यक्ष प्रेमबहादुर शाहीले दशैं तिहारलाई लक्षित गरि महोत्सब आयोजना गर्न लागिएको जानकारी दिए । प्रतियोगितामा फुटबलका १० टिम र भलिबलका १२ टिमभन्दा बढीले सहभागीता जनाउने अनुमान गरिएको छ ।

प्रतियोगिताको पहिलो हुनेलाई नगद एक लाख रुपियाँ, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार रुपियाँ र सबैलाई प्रमाणपत्र दिइनेछ ।

Advertisement

Advertisement

Advertisement