ट्रम्पले भने- हतियार समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख हो

Advertisement

टोकियो: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या नभएको बताएका छन् । टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले भने– यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो ।

हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकाण्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो ।

उनले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताए । यसअघि पनि उनले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने धारणा राखेका थिए ।

आइतबार बिहान अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो ।

यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका थिए भने अरु २० जना नराम्रारी घाइते भएका थिए ।

अस्ति एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थिए। उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement